नेपाल मा किवी खेति !!!

पहिला–पहिला नेपालको पहाडी जंगलमा पाइने ठेकी फल हो, किवी। जापानको रैथाने यो गुणकारी फललाई ‘किवी’ चराले चीन, नेपाल र न्युजिल्याण्ड पुर्‍याएको मानिन्छ। किवीको सबभन्दा ठूलो व्यावसायिक खेती पनि न्युजिल्याण्डमै छ। न्युजिल्याण्डबाट भारतमा मात्रै वार्षिक २ अर्ब अमेरिकी डलरको किवी आयात हुने गरेको बताइन्छ। स्वाद र गुणका कारण महँगो फलमा दरिएको किवी काठमाडौंको बजारमा केजीको रु.500 भन्दा बढी पर्दछ।
किवीको कथा
किवी पहिलो पटक नेपालमा अमेरिकी वैज्ञानिक नेथानियल वालिचले सन् १८२१ मा पत्ता लगाएका थिए । तर कतिपयले किवी (Actonidia deliciosa) जापानी रैथाने फल भन्ने गरेका छन् । खासमा चीनको याङत्जे उपत्याका किवीको पितृभूमि हो । यो ठूलो झाङ हुने लहरा प्रजातिको काठयुक्त काण्डसहितको पतझड विरुवा हो । वास्तवमा नेपालको पहाडी जंगलमा पाइने ठेकी फल नै किवी हो । किवी चराले नेपाल लगायत विश्वका अन्य मुलुकमा यसलाई पु¥याएको मानिन्छ । चीनबाट विउ लगेर सर्वप्रथम सनु १९०६ मा पहिलो पटक न्यू जील्याण्डमा किवी नर्सरीमा उमारिएको थियो । विऊबाट उमारिएको विरुवाले सन् १९१० पहिलो पटक फल दियो । यसको व्यवसायिक खेती न्यू जील्याण्डमा सन् १९४० बाट शुरु गरिएको थियो भने सन् १९७० सम्ममा त्यहाँ ९०० एकर क्षेत्रमा यसको खेती भइसकेको थियो । सन् १९६० पछि अमेरिकाको क्यालिफोर्नियामा किवीको व्यवसायिक खेती शुरु भयो । सन् १९७४ देखि किवीफ्रुटले अन्तराष्ट्रिय पहिचान पायो ।
नेपालमा रैथानी किवी पाइएपनि खेती गरिएको एक्जोटिक प्रजाति हो । नेपालमा कहिले एक्जोटिक किवी भित्रियो एकीन छैन । केहीले सन् १९८१ मा पहिलो पटक एक्जोटिक किवी नेपाल भित्रिएको उल्लेख गरेका छन् । देशभर विस्तार हुनेक्रममा रहेको किवी अहिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, इलाम, मकवानपुर, नुवाकोट, ताप्लेजुङ, रामेछाप लगायका जिल्लामा व्यवसायिक खेती शुरु भएको छ । अहिले नेपालमा किवीको विरुवाको माग बार्षिक २५ देखि ३० हजारसम्म रहेको छ । रोपेको ५ देखि ७ वर्षमा किवी फल्न थाल्दछ । यसले लगातार ५० वर्षसम्म फल दिन्छ ।
उत्पादन हुने हावापानी
किवीको व्यवसायिक खेतीका लागि उयुक्त हावापानी समुद्र सतहबाट १००० देखि २००० मिटरसम्मको उचाइ हो । तथापि उचित सिँचाइ र स्याहार सुसार पुगे समुद्री सतहबाट ८०० देखि २९०० मिटरसम्म यसको खेती गर्न सकिने विज्ञहरु बताउँछन् । प्राकृतिक रुपमा १६०० देखि २५०० मिटरसम्मको नेपालको पहाडी जंगलमा किवी पाइन्छ । हिउँद र सक्खा गर्मी मौसममा किवीलाई ंिसचाइको आवश्यक व्यवस्था गर्नु पर्दछ । माइनस २ डिग्रीसेन्टीग्रेड वा १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम किवीले सहन सक्दैन । ५ देखि ६.८ पि.एच. भएको माटो विकीका लागि उपयुक्त मानिन्छ । एक बोट किवीलाई प्रतिवर्ष ५० केजी प्राङ्गरिक मल आवशयक पर्दछ । विरुवा रोप्दाको दुरी(स्पेसिङ) ६ मिटर×६ मिटर हुनु पर्दछ । प्रतिरोपनी १३ देखि १५ विरुवा रोप्नु राम्रो हुन्छ । कतिपयले प्रति रोपनी ५० बोटसम्म भनेका छन् । कम्तिमा एक बोट किवीलाई २०० वर्गफिट जमिन आवश्यक पर्दछ ।
उपोष्ण हावापानीमा हुने किवीफ्रुटले १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम सहन सक्दैन । Actonidia arguta भन्दा Actonidia deliciosa ले चिसो सहन सक्छ । उपयुक्त हावापानी भएको अवस्थमा २२० दिनमा किवी परिवक्व भएर पाक्दछ । Actonidia arguta जातको किवी अगष्टबाटैे अमेरिकाको साउथइस्टर्न क्यारोलाइनामा पाक्ने गरेको छ । नेपाली जंगलमा पाइने किवी कार्तिक–मंसिरमा पाक्ने गर्दछ । मार्च अन्तिमबाट पाउला पलाउने किवी मध्य मेमा फुल फुल्दछ । पोथी र भाले छुट्टाछुट्टै बोट हुन भएकोले दुबै खालको किवी रोप्नु पर्दछ । १० बोट पाथी बराबर १ बोट भाले आवश्यक पर्दछ ।
उत्पादन र बजारः
किवीको पाक्ने समय सेप्टेम्बर र अक्टोबर हो । आलिसन र हे–टोमरी जातको किवी नेपालमा बढी लगाइएको छ । रोपेको ५ वर्षदेखि फल्ने किवीले लगातार ५० वर्षसम्म उत्पादन दिन्छ । एउट परिपक्व किवीको बोटले १०० देखि १५० केजीसम्म फल्छ । प्रतिबोटमा १०० केजीसम्म फल्ने नेपाली अनुभव छ । प्रतिबोट सामान्यतः रु.१५०००÷– भन्दा बढी आम्दानी हुने नेपाली किसानहरु बताउँछन् । नेपालको पाँचलाख हेक्टर पहाडी जमिनमा किवी खेती गर्ने हो भने वार्षिक रु. ५ अर्बको निर्यात गर्न सकिने विज्ञहरुको दावी छ । नेपालको १० लाख हेक्टर जमिन किवी खेतीका लागि उपयुक्त रहेको विशेषज्ञहरु बताउँछन् । प्राकृतिक रुपमा नेपाली जंगलमा पाइने भएकाले किवी खेती गर्न माटो परीक्षण आवश्य पर्दैन । नेपालका दोलखा, काभ्रे, इलाम, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर, नुवाकोट, स्याङ्जा, ताप्लेजुङ आदि जिल्लामा किवीको व्यवसायिक खेती गरिएको छ ।
रोप्ने समय
नर्सरीमा तयार गरिएको विरुवालाई पुष माघमा रोप्ने गरिएको छ । सामान्यतः रोपेको विरुवालाई तुसारोले भेट्नु हुन्न । कम्तिमा १ घनफिट गहिरो खाल्डोमा राम्रो कम्पोष्ट मल राखेर विरुवा लगाउनु पर्दछ । विऊ र कटिङ दुबै तरिकाले यसको वेर्ना उत्पादन गरिन्छ । विऊबाट तयार बृर्ना बैशाख–जेठमा रोप्नु उपयुक्त हुन्छ । रोप्दा विरुवा बीचको स्पेसिङ ६ फिट×६ फिटलाई उपयुक्त मानिन्छ । कम्तिमा ३ फिट उचाइ भएसम्म सिंगल टुप्पो हुने गरी कटनी गर्नु पर्दछ । त्यसपछि थाक्रोमाल लगाएर झ्याँगिन दिनु पर्दछ । समय समयमा आवश्यक गोडमेला, सिँचाइ, मल आदि आवश्यक हुन्छ । किवीमा खास रोग किरा अहिलेसम्म देखा परेको छैन । खेती गर्न इन्छुक किसानले तालिम लिन आवश्यक हुन्छ ।
उपयोग तथा औषधीय गुण
फलको राजा किवीलाई यार्सागुम्बा र ग्यानोडार्मा च्याउ जतिकै औषधीय गुणयुक्त मानिन्छ । किवीलाई शक्ति बद्र्धक र क्यान्सरको औषधि मानिन्छ । किवीबाट रक्सी, ब्राण्डी, वाइन, जेली, वियर, जुस, जाम आदि बनाउन सकिन्छ । किवीसँगै भित्रीबालीका रुपमा अदुवा, बेसार, कुरिलो, केरा, चिराइतो, सतुवा आदिको खेती गर्न सकिन्छ । पूर्वी नेपालमा अलैँचीलाई रोग लागेको बेला किवी खेती उत्तम दीर्घकालिन विकल्प हुने देखिन्छ ।
समुद्र सतहबाट ८०० देखि २००० मिटर उचाइको पहाडी क्षेत्रमा राम्ररी फलाउन सकिन्छ, किवी। निर्यात योग्य किवी उत्पादनका लागि १००० देखि २००० मिटर उचाइको जमिन उपयुक्त मानिन्छ। यसले यो खेतीमा नेपालको सम्भावना पनि प्रष्ट पार्दछ। नेपालको मध्य पहाडमा आलिसन र हे–टोमोरी जातका किवी गज्जबले फल्छन्। एक पटक रोपेको सात वर्षपछि फल्न शुरू गर्ने किवीले ६० वर्ष निरन्तर फल दिइरहन्छ। एक रोपनी जमिनमा ५० बोट रोप्न सकिन्छ भने एक बोटमा १०० केजीसम्म फल्छ।
नेपालको पहाडी भेगको १० लाख हेक्टर जमिन किवीका लागि उपयुक्त छ। प्रतिरोपनी वार्षिक सरदर रु.१ लाख आय दिनसक्ने किवीसँगै बेसार, अदुवा, कुरिलोलगायतको मिश्रित खेती गर्न सकिन्छ। किवीमा अहिलेसम्म रोग–कीरा देखापरेको छैन।
सरकारले आवश्यक प्रविधि, सिप, कर्जा र बजारको प्रवन्ध गर्नु हो भने पक्कै त्यो दिन टाढा छैन । चीनकै बजारलाई नपुग्ने स्थिति छ। फल बाहेक किवीको जाम, जुस, जेली, वाइन, मासु ‘सफेनिङ्ग’ र कस्मेटिक सामग्री बनाउन सकिन्छ, जसको राम्रो मूल्य पाइन्छ|